Saturday, May 31, 2014

आमा

आका छ्या भन्दै सफा बस्न सिकाइरहने आमा ।

माम हाम भनी लिटो दूध खुवाइरहने आमा ।।

हातमा हात समाई उभिन सिकाइरहने आमा ।

बाबा मामा चाचा नाना पापा चिनाइरहने आमा ।।

सुनाई विकासमा हाउभाउ आवाज दिइरहने आमा ।

बोलाई विकासमा कहिल्यै नथाकी बोलिरहने आमा ।।

नाना चाचा देखाएर सिकाइरहने आमा ।

सर्वांगीण विकासमा निरन्तर लागिरहने आमा ।।

रोइरहेको देखेमा आँशु पुछिदिरहने आमा ।

माम खुवाउन चरी कुकु देखाइरहने आमा ।।

ताती ताती गरी हिँडाइरहने आमा ।

निदाउन सुम्सुम्याई लोली गाइरहने आमा ।।

साना ठूला सबैलाई आदर माया गरिरहने आमा ।

असल बानी बेेहोरा बनाउन सिकाइरहने आमा ।।

तेते लगाउँदा नानी बडबड भनिरहने आमा ।

तोते बोली बोलिरहँदा खुसी भइरहने आमा ।।

घरलाई विद्यालय बनाइरहने गुरुआमा ।

असल मानिस बनाउन लागिरहने आमा ।।

जति प्रशंसा गरिरहे पनि नसकिने आमा ।

No comments:

Post a Comment